काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य तोलामा १ हजारले बढ्यो, यस्तो छ आजको बजार मूल्य

9.72K
shares

नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाला सुन तोलाको ९५ हजार १०० रुपैयाँ र तेजावी सुन ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेर कारोबार भएको थियो ।