गृहपृष्ठ रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ । होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन् ।बजार क्षेत्रको ऐलानी जग्गासमेत अतिक्रमण भएका छन् ।

होलेरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा ठूलठूला भवन र टहरा बनेको स्थानीयवासी नन्दराम खड्काले जानकारी दिए । मन्दिरको जग्गामा ग्यारेज तथा सामुदायिक वन र ऐलानी जग्गामा घरटहरा बनेका खड्काले बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका स्थानीयस्तरका उच्च राजनीतिक हैसियत भएका नेताहरु नै ऐलानी जग्गामा घरटहरा बनाएको खड्काकाे भनाइ छ ।

अतिक्रमण हटाउन स्थानीय सरकारले पहल गरे पनि सार्थक हुन नसकेको स्थानीयवासीको भनाइ छ । बजार क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढ्ने सहमति भए पनि हालसम्म कार्यान्वयन नभएको समेत उनले बताएका छन् । 

प्रकाशित समय : २३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु