गृहपृष्ठ ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङमा जिल्ला अस्पतालले व्यवसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको बायोमेट्रिक टेक्निसियन प्रमुख सरोज चौधरीले बताए ।

अहिले प्लान्टबाट  तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको चौधरीले बताए । जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ । पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि ५१५, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले बताए । 

संघीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो । अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो । अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा  राखिएको जिल्ला अस्पतालले जनाएको छ ।

स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए । 

प्रकाशित समय : ००:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु