गृहपृष्ठ सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जना
सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जना
म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार गरगहना सफा गरिदिने बाहनामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
प्रकाशित समय : २२:१२ बजे


















