काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप १९७ जनामा कोरोना पुष्टि, ३२९ जना संक्रमणमुक्त

12.62K
shares

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १९७ जना संक्रमित भएका छन् । ८ हजार १८ जनामा पीसीआर परीक्षण गर्दा १९७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ४३३ जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ पुगेको छ । २४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित छन् भने ९७ जना क्वारेन्टिनमा रहेका छन् ।

बिहीबार २ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको मन्त्रालयकाे तथ्यांकमा जनाइएकाे छ ।