काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई कम्बल वितरण

10.16K
shares

सेञ्चुरी कमर्सियल बैंकले सीमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल वितरण गरेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-४। छेडामा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा रहेका ४९ जनालाई कम्बल वितरण गरिएकाे हाे ।

कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रवन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रवन्धक राजेश श्रेष्ठलगायत उपस्थित थिए । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायत विभिन्न क्षेत्रहरुमा यसअघि पनि सहयोग गर्दै आएको छ ।