काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंक अफ काठमाण्डुका कार्डबाहकलाई दराजको १२.१२ योजनामा २ हजारसम्म छुट

10.79K
shares

बैंक अफ काठमाण्डु लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले दराजको १२.१२ योजनामा दुई हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुटको सुविधा उपयोग गर्न सक्नेछन् ।

बैंकको कार्डबाहक ग्राहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने छन् । यो योजनामा बैंकको कार्डबाहक ग्राहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी नगद छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने जनाइएको छ ।

बैंक अफ काठमाण्डु लिमिटेडले ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।