नेपाल एसबीआइ बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता
वि.सं.२०७८ मंसिर २३ बिहीवार २२:५९
shares

नेपाल एसबीआइ बैंक र प्रोग्रेसिभ फाइनान्स लिमिटेडबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएकाे छ । सम्झौतामा नेपाल एसबीआइ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले हस्ताक्षर गरे ।
सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबीआइ बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सविधा प्राप्त गर्नेछन् ।

























