Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग

न्युज कारोबार काठमाडौं असार ५, २०७८       

मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग फाइल तस्बिर ।

यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । शुक्रबार मेलम्ची नगरपालिका पुगेका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई एक लाख ५० हजारको चेक प्रदान गरेका थिए ।

प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि एक लाख ५० हजारको चेक प्रदान गरेको अध्यक्ष बम्जनले जानकारी दिए । हेलम्बुलाई प्रदेशसभा सदस्य युवराज दुलालमार्फत चेक पठाइएको हो ।

साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैयाँ आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए । त्यस्तै मेलम्चीलाई हाँस्य कलाकार दिनेश काफ्लेले १३ हजार रुपैँया सहयोग गरेका छन् । (रासस)

सम्बन्धित खबरहरु