Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

आठ स्थानीय तहका संक्रमितलाई होम आइसोलेसन किट वितरण

न्युज कारोबार कञ्चनपुर असार ५, २०७८       

आठ स्थानीय तहका संक्रमितलाई होम आइसोलेसन किट वितरण

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कोभिड संक्रमण भएका बिरामीहरुका लागि ३९८ थान होम आइसोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलब्ध गराइएको हो । वितरण गरिएका किटको मूल्य झन्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए ।

‘कोरोना संक्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं,’ उनले भने, ‘कोभिड संक्रमण भई घरमै होम आइसोलेसनमा बस्दै आएका बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्युनतम मापदण्डअनुरुप आइसोलन तथा सरसफाई किट वितरण गरिएको छ ।’ सबै पालिकामा करिब ३९८ थान किट  वितरण गरिएको छ । रेडक्रसका प्रतिनिधि र परियोजना कर्मचारीले स्थानिय तहका कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका छन् ।

महाकाली अस्पतालको ओपीडी सेवा सञ्चालन हुने

महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपीडी सेवा सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण बढेसँगै बन्द गरिएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आउन लागेको हो । अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिइने छ । (रासस)

सम्बन्धित खबरहरु