काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श सुरू

17.03K
shares

मिदासले 'मेरो डाक्टर' एपमार्फत अनलाइन भिडियो परामर्श बिहीबारदेखि सुरू गरेको छ । कोभिड-१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामी आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पतालमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले उक्त सेवा सुरू गरेको हो ।

समयमै उपचार वा परामर्शबाट बञ्चित हुनुपर्दा बिरामीको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ । नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स प्रालिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।

जारी कोभिड-१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमासमेत विशेषज्ञ चिकित्सकले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । यसबाट स्वंय विरामीको समय र पैसा दुवैको बचत भइ अस्पतालमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीको छ । सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी हुने कम्पनीले जनाएको छ । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न,जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पतालको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो । कोभिड-१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो सेवा कसरी लिने ?

विरामीले आफुसँग रहेका मोबाइल अथवा ल्याप-टपमार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन् । एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नेछन् । iOS फोन प्रयोगकर्ता हो भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नेछन् । ल्याप-टप वा डेस्क-टपबाट यो सेवा लिन चाहानेले भने सिधै http://www.merodoctor.com टाइप गरेर यो सेवा लिन सक्नेछन् ।

माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध भएनन् भने आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सक्नेछन् । मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा प्रयोगकर्ताले http://www.merodoctor.com/help लिकं खोल्न पनि सक्नेछन् । प्रयोगकर्ताको सजिलोका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ ।