पान-इन्डष्ट्री इको रेटिङ लेबलिङ स्किमको पहिलो मध्येको पार्टनरमा ओपो
वि.सं.२०७८ जेठ १३ बिहीवार १८:१०
shares

ओपो अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-इन्डष्ट्री इको रेटिङ लेबलिङ स्किमको पहिलो मध्येको पार्टनरको सूचीमा सम्मिलित भएको छ । सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागू गरिने छ ।
यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्ट फोनबीच तुलना र पहिचान गर्न सघाउने छ । यूरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्त रुपमा ईको रेटिङ इनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् । यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचर फोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरणमाथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो ।
यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्येकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटा पनि उपलब्ध गराएको छ ।प्रक्रियाअन्तर्गत विस्तृत मूल्यांकनमार्फ हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवन चक्रका दौरान प्रदर्शित गर्ने वातावरणीय पर्फमेन्सका आधारमा पूर्णाङक १०० मध्येबाट इको रेटिङ स्कोर प्रदान गरिन्छ । उपकरणलाई दिइने इको रेटिङ लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट इफिसियन्सी र रिसोर्स इफिसियन्सी गरी ५ पक्षको प्रतिनिधित्व गर्छ ।
औद्योगिक पार्टनर्ससँगको सहकार्यका साथै ओपो आफै पनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ ।

कम्पनीले डिजाइनिङदेखि प्याकेजिङलगायत हर सम्भव प्रक्रियामा सस्टेनेबल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ । सन् २०१९ को तुलनामा ओपोले वजनका आधारमा सन् २०२० मा १३ गूणा बढी उत्पादन रिसाइकल गरेको छ । उदाहरणका लागि ओपोका प्याकेजिङ ४५ प्रतिशत रिन्यूएबल फाइबर्सको प्रयोग गरिन्छ । त्यसैगरी ओपोले आफ्नो जेनरल वेस्टमा ४२.७ प्रतिशत र इन्डाइरेक्ट ग्रिनहाउस उत्सर्जनमा २० प्रतिशतले कटौती ल्याएको छ ।

























