काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जेनेस सोलुसनले जुटायाे ५.५ करोड लगानी

12.64K
shares

नेपालस्थित  बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालिबाट ५.५ करोड बराबर रकम लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रालि वर्ल्ड बैंक ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय निगमद्वारा सञ्चालित ग्लोबल एसएमई भेन्चर पहलको एक अंग हो ।

मुख्यत: क्लाउड कन्सल्टेन्सी क्षेत्रमा क्रियाशील जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्नेछ । यस्ता उद्देश्यहरुमा आफ्नो सेवा र उत्पादनको दायरा विस्तार र व्यवसायिक सिपको स्तरोन्नतिलगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन । 'बिजनेस अक्सिज प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशाधन  र पछिल्ला  प्रविधिलाई अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौँ । यसले दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाइ नयाँ उचाइमा पुर्‍याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ,' जेनेस सोलुसनको संस्थापक अन्जनी फुयाँलले बताइन् ।

त्यसैगरी, जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सिक्स सिग्मा ब्लाक बेल्टको प्रमाणपत्र पाएका पोखरेलसँग आइबएम, ईएक्सएल,भायानेट कम्युनिकेशनलगायत सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न संगठनमा काम गरेको दुई दशक लामो अनुभव छ ।