काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार अमेरिकी डलर कोभिड-१९ नियन्त्रण कार्यका लागि अनुदान

34.67K
shares

मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) लाई नेपालमा बिग्रदो कोभिड-१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुयाउने दृष्टिकोणका साथ नेपाली चिकित्सकद्वारा स्थापना गरिएको एक गैर-नाफामूलक संस्था हो ।

मेटलाइफ फाउन्डेशनको सो अनुदानले एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेशन केन्द्र तथा अस्पतालमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ । उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ । 

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, 'आवश्यकताको यस घडीमा हामी सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसको स्वास्थ्य र जनहितका लागि हर सम्भव प्रयासहरु गरिरहेका छौं ।' उनले थपे, 'मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोगसमेत प्रदान गरिरहेको छ ।'