Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

तेस्रो त्रैमासिक विवरणमा अजोड इन्स्योरेन्सको खुद नाफा ६ करोड रुपैयाँ

न्युज कारोबार काठमाडौं वैशाख २६, २०७८       

तेस्रो त्रैमासिक विवरणमा अजोड इन्स्योरेन्सको खुद नाफा ६ करोड रुपैयाँ

अजोड इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा ६ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा खुद नाफा ७३.८७ प्रतिशतले बढेको विवरणमा उल्लेख छ । अजोड इन्स्योरेन्सले गत वर्षको सोही अवधिमा तीन करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै खुद बिमा शुल्क पनि यो वर्ष ६१.६४ प्रतिशतले बढेको छ ।

कम्पनीका अनुसार खुद बिमा शुल्क ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधीमा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । यस्तै कम्पनीको पुनर्बिमा कमिसन पनि ४९.१७ प्रतिशतले बढेर १३ करोड ४९ लाख रुपैयाँ र लगानी कर्जा २४.२२ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबरहरु