global ime bank Long Banner Ad

गृहपृष्ठ मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ : महतो

मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ : महतो

मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ : महतो

महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिविधिको समीक्षा गर्नुपर्ने बताएकी छन् । विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए नभएको समीक्षा गर्दै अगाडि बढ्न आग्रह गरिन् ।

उनले कोभिड-१९ महामारी न्यूनीकरण तथा रोकथामका लागि रेडक्रसले गरेका जनचेतना लगायतका काम प्रशंसनीय रहेको उल्लेख गर्दै विभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पुर्‍याएको सेवाको उच्च सह्नासमेत गरिन् । उनले भनिन्, 'नेपाल रेडक्रसलाई थप बलियो बनाउन सरकार सहयोग गर्न सधैं तयार छ । तीनपटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शिताका साथ मानवीय पीडा कम गराउन अझ निरन्तर क्रियाशील हुनुपर्छ ।'

हरेकवर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइन्छ । रेडक्रस अभियानका प्रवद्धक जँ हेनरी ड्युनाको जन्मदिनका अवसर पारेर यो दिवस माउन सुरुआत गरिएको हो । यसवर्ष ‘निरन्तरता’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको छ । गृह सचिव महेश्वर न्यौपानेले रेडक्रसका लागि छुट्टै कानुन बनाई यसलाई अझ पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने जोड दिँदै रेडक्रस कानुन निर्माणको आवश्यकता सरकारले महसुस गरेको छ भने । उनले मन्त्रालयले रेडक्रस सम्बन्धी विधेयक मस्यौदा गरी प्रारम्भिक प्रक्रिया अगाडि बढाएको र रेडक्रसका हालको तदर्थ समितिले आफूले पाएको जिम्मेवारीहरु समयमै पुरा गर्नेमा सरकार विश्वस्त रहेको बताइन् ।

रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल प्रमुख अजमद अहमद उल्लाले रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीका लाखौं स्वयंसेवक र कर्मचारी निरन्तर विपद् तथा महामारीको पीडा कम गराउन विश्वभरी लागिपरेका छन् भने । उनले भने,'समुदायसँग अझै नजिक रहेर महामारी तथा विपदको रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्छ ।' रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख जेरोमले रेडक्रस सिद्धान्तका आधारमा विश्वमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारी मानवीय सेवामा समर्पित हुदै आएको बताए । 

समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदम खतिवडाले रेडक्रसले महामारीका समयमा गरेको स्वयंसेवक परिचालन, रक्तसञ्चार सेवा जस्ता गतिविधिहरुको प्रशंसा गर्दै सोसाइटीले रेडक्रस अभियानका मूल्य र मान्यताका आधारमा अगाडि बढाउन रेडक्रस कानुनका लागि गरेको पहलमा परिषद्ले सक्दो सहयोग गर्ने जानकारी दिइन् । सोही अवसरमा सोसाइटीले सञ्चालन गर्ने मानवीय सेवाको लागि अनलाईन डोनेशन गर्न सकिने ‘एप्लिकेशन’को पनि शुभारम्भ गरिएको थियो । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले मानवीय सेवाका क्षेत्रमा सोसाइटीले सम्पादन गरेका कामका बारेमा प्रस्तुति राखेका थिए ।

सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले मानवीय पीडा कम गराउनका लागि जस्तो सुकै अवस्थामा पनि परिचालित हुने स्वयंसेवक र कर्मचारीको उच्च मूल्याकंन र प्रशंसा गर्दै कोभिड महामारीको रोकथामतथा नियन्त्रणका क्षेत्रमा देशैभर रेडक्रसकर्मीले गरिरहेका कामका बारेमा जानकारी गराए । उनले रेडक्रस कानुनको अभावमा संस्थामा देखिएका चुनौती र समस्याका बारेमा जानकारी गराउदै रेडक्रस कानुनको निर्माणमा सबै पक्षको सहयोगका लागि आग्रह पनि गरे । अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिड महामारीको रोकथामतथा नियन्त्रणका लागि रेडक्रसले गरिरहेको गतिविधिका बारेमा जानकारी गराउँदै उपत्यका र बाहिरका जिल्लामा सञ्चालन गर्न सकिने थप गतिविधिको तयारी र योजनाका बारेमा पनि जानकारी दिए ।

विश्वमा रेडक्रस अभियान सुरुआत भएको एक सयवर्षपछि स्थापना भएको नेपाल रेडक्रसले आफ्नो सेवाको ५८ वर्ष पुरा गरिसकेको छ । हाल सोसाइटीका ७७ जिल्लाशाखा र करिब एक हजार ५०० सांगठनिक निकायमा आवद्ध १० लाख बढी सदस्य मानवीय सेवा सम्लग्न छन् । (रासस)

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु