global ime bank Long Banner Ad

गृहपृष्ठ ‘देउवाको कोटा’बाट लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

‘देउवाको कोटा’बाट लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

‘देउवाको कोटा’बाट लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

संवैधानिक परिषद्को आइतबार बिहान बसेकाे बैठकले पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ । पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका ३ का बासिन्दा हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको स्रोतकाे दाबी छ । रेग्मीले विभिन्न पदमा रहेर आठ वर्ष आयोगमा काम गरेका छन् । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । फागुन २३ गते नेकपा नाम विवादमा रेग्मी सहितको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएको थियो ।

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु