काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईबीएल समृद्धि फण्ड-२ : नौ करोड ६० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिँदै

12.66K
shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजी बजारमा सामुहिक लगानी कोषअन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आफू कोष प्रवर्द्धक रही साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फण्ड’नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ ।

‘एनआइबीएल म्युचुअल फण्ड’को पहिलो योजना ‘एनआईबीएल समृद्धि फण्ड-१’ सफलता पूर्वक सञ्चालन गर्दै यस योजनाका इकाई धनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ वर्ष अवधि पूरा भई योजना बन्द हुनेछ । पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उद्देश्यका साथ बैँकले ‘एनआइबीएल म्युचुअल फण्ड’ अन्र्तगत सञ्चालन हुने चौथो योजनाको रुपमा ‘एनआईबीएल समृद्धि फण्ड-२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।

यस योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ (एक अर्ब बीस करोड रुपैँया) र यस योजना १० बर्षको अवधिसम्म सञ्चालनमा रहनेछ । प्रति इकाई मूल्य १० रुपैयाँका दरको १२ करोड इकाईमध्ये बीज पुँजीबापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्द्धका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरीएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाईहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

यस योजना मिति सोमबारदेखि छिटोमा बिहीबार र ढिलोमा यसै वैशाख २७ गतेसम्म इकाई बिक्री खुला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजारदेखि अधिकतम १२ करोडसम्म लगानीका लागि आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सक्नेछन् र विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेन्ट बैँक लिमिटेड तोकिएको शाखा कार्यालयहरु तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंस्थित प्रधान कार्यालयलगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् । (रासस)