काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सानिमा बैंक र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण

11.21K
shares

सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पु-याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखनविरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारी पत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका हुन् ।