काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

परीक्षा सुरू हुनुअघि नै प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा १० जना पक्राउ

19.93K
shares

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा मादी नगरपालिका-६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका-१२ बस्ने ३० वर्षीय विजय पोखरेल, गोरखा भिमसेन थापा गाउँपालिका-१ बस्ने ३२ वर्षीय मीनप्रसाद भट्टलाई पक्राउ गरिएको छ ।

त्यस्तै गोरखा गण्डागी गाउँपालिका-३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका-४ बस्ने २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ बस्ने २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका-९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका-७ बस्ने २९ वर्षीय जीवनकुमार यादव र सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका-५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।

परीक्षा पूर्व नै प्रश्नपत्र बाहिरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले अनुसन्धान गर्ने क्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक संजाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।