मेगा बैंकका ग्राहकलाई फुडमाण्डुमा १५ प्रतिशत छुट, ३ सयसम्म ‘क्यासब्याक’
वि.सं.२०७७ चैत ४ बुधवार २१:२४
shares

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डुमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । यस अभियानअन्तर्गत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डुको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।
फुण्डमाण्डुसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । डिजिटल बैंकिङअन्तर्गत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डुसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए ।
फूडमाण्डुसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरी लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रवर्द्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।

























