६,१४३ पीसीआर परीक्षण गर्दा देशभर थपिए १२० जना कोरोना संक्रमित
वि.सं.२०७७ फागुन २१ शुक्रवार २३:२२
shares

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण गर्दा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हालसम्म ८३२ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँका ४६, ललितपुरका ५ तथा भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।

























