गृहपृष्ठ जोनसेन बाइक ब्राण्डको एम्बेस्टरमा ‘सक्किगोनी’ कक्रोज नियुक्त
जोनसेन बाइक ब्राण्डको एम्बेस्टरमा ‘सक्किगोनी’ कक्रोज नियुक्त
रिजोन मोटरबाइक कम्पनीले नेपालमा नयाँ ब्राण्ड जोनसोन बाइकलाई आउँदो असारबाट भित्र्याउने तयारी गरेको छ । उक्त जोनसोन बाइकको ब्राण्ड एम्बेस्टरको रुपमा हिमालय टेलिभिजनबाट प्रसारण हुने हाँस्य शृखला सक्किगोनीका चर्चित कलाकार हरि निरौला कक्रोजलाई नियुक्त गरेको छ ।
कम्पनीका प्रबन्धक निर्देशक खगेन्द्र बस्नेतले जोनसोन मोटरबाइक चिनियाँ कम्पनीबाट उत्पादित बाइकहरुमध्ये पाँचौ स्थान ओगट्न सफल बाइक रहेको बताए । नेपालमा भित्र्याउन लागेको जोनसोनको बाइकको मूल्य २ लाखदेखि ८ लाखसम्म पर्ने उनको भनाइ छ । कम्पनीले पहिलो चरणमा ३ वटा बाइक र एउटा स्कुटर ल्याउन लागेको जानकारी दिएको छ ।
प्रकाशित समय : २३:२१ बजे


















