काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै

861
shares

काठमाडौं । मारवाडी समुदायको कला, संस्कृति, परम्परा, वेशभूषा तथा खानाका परिकारको संरक्षण, प्रदर्शन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘मारवाडी महोत्सव २०८३’ आयोजना हुने भएको छ ।

प्रेस्टिज इभेन्ट्स मारवाडी समाजको आयोजनामा आगामी मंसिर १२ गते शनिबार काठमाडौंको भृकुटीमण्डप बगैँचा क्षेत्रमा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो ।

आयोजकले पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएको मारवाडी समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई आम सर्वसाधारणमाझ परिचित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ ।

महोत्सवमा मारवाडी समुदायको ऐतिहासिक पृष्ठभूमि, रहनसहन, रीतिरिवाज, चाडपर्व, परम्परागत पहिरन तथा खानाका विभिन्न परिकार प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, महोत्सवमा राजस्थानी लोकनृत्य, सूफी संगीत, अन्य सांगीतिक प्रस्तुति, लोकबाजा तथा कठपुतली नाचलगायत सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ ।

आयोजकका अनुसार नेपालमा मारवाडी समुदायले व्यापार तथा व्यवसायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस समुदायले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै मुलुकको राजस्व र आर्थिक गतिविधिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

तर मारवाडी समुदायको कला, संस्कृति, खानपान, वेशभूषा र परम्पराबारे अन्य समुदायका मानिसलाई पर्याप्त जानकारी नभएकाले तिनको परिचय र प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

महोत्सवले विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सामाजिक एकता अभिवृद्धिमा समेत योगदान पु-याउने अपेक्षा गरिएको छ ।

आयोजकले महोत्सवमा सर्वसाधारणको सहभागिताका लागि आग्रह गर्दै सञ्चारमाध्यमलाई पनि कार्यक्रमको प्रचारप्रसारमा सहयोग गर्न अनुरोध गरेको छ ।