काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

630
shares
ललितपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको बताएकी छन ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गरिन ।
निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउन कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले  राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताइन ।
मन्त्री रावलले भनिन, “राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विद्येयक दर्ता गरिएको छ, संसद् सुरु हुने बित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पुरा गर्नुपर्छ ।”
निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको बताउँदै उनले यो सेवामा प्रवेश गर्नेलाई परम्परागत गलत अभ्यास त्याग्ने सन्दर्भमा उच्च तहका कर्मचारीबाटै सुरु गरिनुपर्ने धारणा राखिन ।
कानुन विपरीतका काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट गरिन ।
उनले भने, “राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुन विपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।”
उनले सार्वजनिक सेवामा सामान्य कामसमेत पुरा गर्न सेवाग्राहीले लामो समय कुर्नु, बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले नागरिकमा निरासा बढाएकाले त्यस्तो प्रवृत्ति अन्त्य हुन पर्नेमा जोड दिइन ।
मन्त्री रावलले राज्यबाट जनतालाई प्रदान गरिने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने काम कर्मचारीको मुख्य दायित्व भएको बताइन । उनले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन ।
उनले नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारीलाई निरन्तर कायम राख्दै निजामती सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गरिन ।
महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले राज्यबाट प्रदान गरिने सेवा प्रवाह विभिन्न निकायसँग समन्वय र साझेदारी गरिए सरकारको कार्ययोजना सहजरुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।