प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी
वि.सं.२०८३ मंसिर ७ सोमवार १६:०८
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दूरदर्शिता आफूले गत महिना संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा नै देखेको बताएका छन ।
हाल भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन ।
प्रधानमन्त्री शाहले गत सेप्टेबरमा न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभालाई गरेको सम्बोधनको प्रसङ्ग भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका हुन ।
विश्वका कान्छो उमेरका प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री शाहले गरेको सो सम्बोधनबाट आफूले प्रधानमन्त्री शाहको दुरदर्शिता देखेको भारतीय प्रधानमन्त्री मोदीको भनाई थियो ।
साथै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको धारणा राख्दै नेपाली जनताले विश्वास गरेर ऐतिहासिक जनादेश दिएका प्रधानमन्त्री शाहको कार्यकालमा पनि भारत नेपाल सम्बन्ध उस्तै प्रगाढ र ऐतिहासिक रहने विश्वास व्यक्त गरे ।

























