काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा छिट्टै सार्वजनिक गर्ने तयारी

15.67K
shares

ओपोले नयाँ फ्ल्यागसिप मोडलअन्तर्गत ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । ओपोका उत्पादनमध्येकै सर्वाधिक लोकप्रिय एफ सिरिज नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सोही लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडि लैजान लागिएको कम्पनीले जनाएको छ ।

फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओपो एफ१९प्रो ले एफ सिरिजको मात्र नभई समग्र ब्रान्डकै लोकप्रियतालाई नयाँ उचाइ प्रदान गर्ने विश्वास लिइएको जारी विज्ञप्तिमा उल्लेख छ । ओपो एफ१९प्रो निकै हल्का र फरक डिजाइनमा रहेको कम्पनीको दाबी छ । हालसम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताबारे आधिकारिक जानकारी भने गराएको छैन ।