टेलिकमद्वारा ४० प्रतिशत लाभांश प्रस्ताव
वि.सं.२०७७ फागुन १९ बुधवार १९:३५
shares

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीले पाउनेछन् । टेलिकमको गत वर्षको यो लाभांश आव ०७५/७६ को भन्दा कम हो । अघिल्लो आवमा कम्पनीले ४५ प्रतिशत लाभांश बाँडेको थियो ।
कम्पनीले आव ०७३/७४ र ०७४/७५ मा ५५/५५ प्रतिशत तथा ०७२/७३ मा ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । १० आर्थिक वर्षसम्म टेलिकमले बोनस सेयर वितरण गरेको छैन ।

























