सुनको मूल्य पुन: उकालो
वि.सं.२०७७ फागुन १९ बुधवार १८:२१
shares

आज सुनको मूल्य पुन: उकालो लागेको छ । तोलामा नै मंगलबार एक हजार सात सयले घटेको सुनको मूल्य आज भने पाँच सय रूपैयाँ बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि भने ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मंगलबार तोलामा ८६ हजार ५५० मा कारोबार भएकामा आज भने तोलामा ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ रूपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मंगलबार कारोबार भएकामा आजका लागि भने एक हजार ३१५ रूपैयाँ मूल्य निर्धारण भएको छ ।

























