गृहपृष्ठ लगनशील महिला सहकारीद्वारा विपन्न परिवारलाई बाख्रा वितरण
लगनशील महिला सहकारीद्वारा विपन्न परिवारलाई बाख्रा वितरण
लगनशील महिला साना किसान कृषि सहकारी संस्था लिमिटेटले विपन्न २५ परिवारलाई बाख्रा वितरण गरेको छ । अइतबार सायल गाउँपालिका १ कैराडी डोटीमा दलित, एकल तथा विपन्न परिवारलाई निःशुल्क ५० बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष सिर्जना खड्का डुम्रेलले बताइन् ।
बाख्रा पकेट कार्यक्रममार्फत् वडा सदस्य वीरबहादुर रोकायासहितको उपस्थितिमा २५ जनालाई बाख्रा वितरण गरेको डुम्रेलले जानकारी दिइन् । उनका अनुसार पशुसेवा शाखा कार्यालय सायल गाउँपालिकाको आर्थिक सहयोगमा कैराडीस्थित जुनतारा बाख्रा पालन महिला समूहमार्फत् बाख्रा वितरण गरिएको हो ।
प्रकाशित समय : ००:२५ बजे



















