गृहपृष्ठ थप ८१ जनामा कोरोना पुष्टि, ६२ डिस्चार्ज, २ को मृत्यु
थप ८१ जनामा कोरोना पुष्टि, ६२ डिस्चार्ज, २ को मृत्यु
पछिल्लो २४ घण्टाभित्र २८२४ मा कोरोना परीक्षण गर्दा नेपालमा थप ८१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हालसम्म ९६७ सक्रिय संक्रमित रहेका छन् ।
शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।
प्रकाशित समय : २३:१४ बजे



















