global ime bank Long Banner Ad

गृहपृष्ठ नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका- ८ का एक व्यक्ति पक्राउ परेका छन् । ३८ वर्षीय जित बहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका- ४, टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका- ८, मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु