गृहपृष्ठ चुनावको तयारीमा जुट्यो आयोग, २८ प्रकारका सामग्री किन्न २५ करोडको बोलपत्र आह्वान
चुनावको तयारीमा जुट्यो आयोग, २८ प्रकारका सामग्री किन्न २५ करोडको बोलपत्र आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी चुनावको तयारी नभएको भन्दै आलोचना गरेको तीन दिनपछि निर्वाचन आयोगले आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आयोगले २८ प्रकारका निर्वाचन सामग्री खरिदका लागि करिब २५ करोड रूपैयाँको बोलपत्र आह्वानको सूचना मंगलबार प्रकाशित गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा फैसला आउन भने बाँकी छ ।

प्रकाशित समय : १६:५६ बजे



















