गृहपृष्ठ आईएमई र अल अहलिया एक्सचेन्सबीच सम्झौता
आईएमई र अल अहलिया एक्सचेन्सबीच सम्झौता
नेपालको लोकप्रिय रेमिट्यान्स सेवाप्रदायक आईएमई लिमिटेडको डिजिटल भुक्तानी सेवाप्रदायक आईएमई पे र संयुक्त अरब इमिरेट्स (यूएई)को अल अहलिया एक्सचेन्सबीच समझदारी भएको छ । यी दुई कम्पनीबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी भएको हो ।
समझदारीपछि आईएमईमार्फत रेमिट्यान्स पठाउने नेपालीले सिधै प्रापकको आईएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यससँगै अल अहलिया एक्सचेन्ज यूएईबाट नेपालको आईएमई पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज कम्पनी भएको छ ।
रोजगारी या व्यापार व्यवसायका लागि यूएईमा रहेका नेपालीले अल अहलियाबाट पठाएको पैसा आईएमई पे वालेटमा प्राप्त गर्ने गरी आईएमई डिजिटल र आईएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा निकै खुसी लागेको अल अहलिया एक्सचेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए ।
आईएमई पे ब्रान्डको प्रवर्धित संस्था आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले यो सेवा विस्तारसँगै नेपाल भित्रिने रेमट्यान्समा यूएईको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : १४:०३ बजे



















