Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

धरान र ढल्केबरका कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोर्ड अभियान

न्युज कारोबार काठमाडौं फागुन ११, २०७७       

धरान र ढल्केबरका कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोर्ड अभियान

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहित गर्दै एको माछापुच्छ्रे बैंकले धरान र ढल्केबरका कृषि बजारमा क्यूआर कोर्ड अभियान सञ्चालन गरेको छ । धरान कृषि उपज बजार र ढल्केवर कृषि उपज बजारमा योजित क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप‑निर्देशक सत्यन्द्र तिमिल्सिनाले व्यवसायीला क्यूआर कोर्ड हस्तान्तरण गरेका छन् ।

क्युआर कोर्ड सेवा सुरु भएसँगै ढल्केबर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफूल किन्ने उपभोक्ताले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी पैसा भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा राष्ट्र बैंकका प्रतिनिधि, माछापुच्छ्रे बैंक सञ्चालक समितिका पदाधिकारी, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय व्यवसायीलगायतको उपस्थिति थियो ।

स्थापना कालदेखि नै नयाँ‑नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै नेपालको बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको । बैँकले अन्य डिजिटल सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनमार्फत खाता एवं मुद्धति खाता खोल्नेलगायतका थुप्रै धुनिक प्रविधि सञ्चालनमा ल्याइसकेको छ ।

सम्बन्धित खबरहरु