global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेजको ‘साइटिज’ विमोचन

नेपाल इन्जिनियरिङ कलेजको ‘साइटिज’ विमोचन

नेपाल इन्जिनियरिङ कलेजको ‘साइटिज’ विमोचन

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको अनुसन्धानमुलक नयाँ जर्नल साइटिज (एससीआइटीइसीएच) प्रकाशित भएको छ । आइतबार एक कार्यक्रमबीच वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एन्ड टेक्निकल स्टडिज) विमोचन गरिएको हो ।

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथीले जर्नलको विमोचन गरे । त्यस अवसरमा नयाँं नेक बुलेटिनको पनि विमोचन गरिएको हो । २३ औं नेक बुलेटिन विमोचन गरिएको हो । प्रकाशित बुलेटिनमा सन् २०१९ जुनदेखि सन् २०२० अगष्टसम्मका कलेजका शिक्षक, विद्यार्थीलगायतको शैक्षिक गतिविधिहरु संलग्न छन् । कार्यक्रममा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सहायक प्राध्यापक राजेश ठगुराथी, कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजका पूर्व एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसीलगायतका कलेजमा अनुसन्धानको महत्वबारे चर्चा गरे । 

कार्यक्रममा जर्नलका एडिटोरियल मेम्वर, रिभ्यु एटिटर्सहरलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा कलेजका उपप्राचार्य दीपक धामी, एकेडमिक कोअर्डिनेटर बाबुराम भट्टराई, शिक्षक प्रतिनिधि दुर्गाप्रसाद भण्डारी, जर्नलका प्रबन्ध सम्पादक एसिस्टेन्ट प्रोफेसर सचिन श्रेष्ठलगायलगायतले जर्नलको विविन्न पक्षहरुबारे चर्चा गरे । प्रकाशित यो जर्नल वर्ष १५ अंक १ हो । कलेजले नियमित रुपमा जर्नल प्रकाशित गर्दै आएको छ । 

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु