काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छिमेक लघुवित्त वित्तीय संस्थाले दियो शाखा प्रबन्धक तथा सुपरभाइजरलाई तालिम

20.14K
shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५ वटा क्षेत्रीय कार्यालयअन्तर्गतका १३७ वटा शाखाका शाखा प्रबन्धक तथा ६० वटा डिजिटल प्वाईन्टका सुपरभाईजरहरुलाई सहभागी गराई धुलिखेलस्थित सारथी होटलमा चालू आ.व.को बजेट समीक्षा तथा पुनरावलोकन गर्नुको साथै आन्तरिक तथा बाह्य प्रशिक्षकमार्फत व्यवस्थित शाखा व्यवस्थापनको तालिम उपलब्ध गराउने कार्य भएको छ ।

उक्त कार्यक्रम सबै क्षेत्रका शाखा प्रबन्धकहरुलाई क्रमश ः यसै फागुन २ गतेबाट सुरु गरी १४ गते सम्पन्न गरिने भएको छ । उक्त कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखलगायत प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, पूर्व कार्यकारी प्रमुख रामचन्द्र जोशी तथा बाह्य तालिम प्रशिक्षकहरु मार्फत शाखा प्रबन्धकहरुलाई ब्यवस्थित शाखा सञ्चालन सम्बन्धमा प्रशिक्षित गराइएको छ । 

प्रशिक्षणबाट शाखा प्रबन्धकहरुको क्षमता अभिबृद्धि हुनुको साथै उत्प्रेरित भई आगामी दिनमा शाखाबाट अझ प्रभावकारी ढंगबाट आफ्ना ग्राहक वर्गमा सेवा प्रवाह गर्ने र वित्तीय संस्थाको गुणस्तरीय विकासमा टेवा पुग्नेमा विश्वास गरिएको छ ।