nmb bank

गृहपृष्ठ दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा  फहरायो

दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा  फहरायो

दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा  फहरायो

सोल- उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा धेरै लामो समयपछि फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो ।

सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझैपनि प्राविधिकरुपमा युद्धमै छन् । तर यस खेलकूदका कारण भने अहिले उनीहरुबीच शान्ति सम्झौता नभए पनि आपसमा समझ्दारी बढिरहेको पाइएको छ ।

आगामी सोमबारबाट औपचारिकरुपमा शीतकालीन ओलम्पिक खेल सुरु हँुदैछ । त्यसका लागि आएका खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ । सोमबारबाट औपचारिकरुपमा खेलमा सहभागीको स्वागतको कार्यक्रमका लागि दक्षिण कोरियाली सैनिकलाई पनि परिचालन गरिने भएको बताइएको छ । बिहीबार उत्तर कोरियाको झण्डा फहराइएको उक्त विशेष कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु