global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अक्षरा शैक्षिकप्रदर्शनी २०७४ आर्कषण केन्द्र ड्रोन

अक्षरा शैक्षिकप्रदर्शनी २०७४ आर्कषण केन्द्र ड्रोन

अक्षरा शैक्षिकप्रदर्शनी २०७४ आर्कषण केन्द्र ड्रोन

काठमाडौं – काँडाघारीस्थित अक्षरा स्कुलको कक्षा सात अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो । कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना हो ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्दै अक्षरा स्कुलकागेश्वरी मनोहरा नगरपालिकाकै गहना भएको उल्लेख गरे । शैक्षिक प्रर्दशनीमा विद्यालयका विद्यार्थीले विभिन्न शैक्षिक स्टल राखेका थिए । प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भुगोल, प्रदेश, जलविद्युत, सडक, कम्प्युटर, मोवाइल र यससंग सम्वन्धित सफ्टवेयर लगायत ६० स्टल समावेश रहेको प्रिन्सिपलm अञ्जु भट्टराईले बताए 

विद्यार्थीमा अन्तर्नीहित प्रतिभा उजागर गर्ने र सिकेका कुरा व्यवहारमा उतार्न सो प्रदर्शनी आयोजना गरिएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए ।
प्रर्दशनी हेर्न काँडाघारी र आसपासका विभिन्न २ दर्जन विद्यालयका विद्यार्थीको साथै अभिभावक र शुभचिन्तकहरुको सहभागिता थियो ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु