गृहपृष्ठ शेयरधनी पुस्तिका बन्द गर्दै सेञ्चुरी बैंक

शेयरधनी पुस्तिका बन्द गर्दै सेञ्चुरी बैंक

शेयरधनी पुस्तिका बन्द गर्दै सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले साधारणसभा प्रयोजनका लागि फागुन ११ गतेदेखि फागुन ३० गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको फागुन ३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
चार संस्थालाई गाभेर ७ अर्ब ६७ करोडभन्दा बढी पूँजी पुर्याएको सेञ्चुरीले चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाँदैछ । साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न फागुन १० गतेसम्म बैंकको शेयर खरिद गर्नुपर्ने हुन्छ । बैंकले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ३८ करोड ३९ लाख ७३ हजार रुपैयाँको बोनस शेयर र सोही रकम बराबरको नगद लाभांश दिने भएको हो ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु