काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसबीआई बैंकले सुरु गर्यो सीआस्वा सेवा

13.46K
shares

काठमाडौं । नेपाल एसबीआई बैंकले सीआस्वा सेवा आजदेखि सुरु गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आजदेखि आफ्ना ग्राहकलाई सीआस्वा सेवा उपलब्ध गराउन थालिएको प्रष्ट्याएको हो । सिडिएस एण्ड क्लियरिंग लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन निर्देशिका २०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सीआस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ ।
एसबीआईले आफ्नो बैंकमा खाता भएका सबै लगानीकर्तालाई नजिकको शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराई सीआस्वा रजिष्टेसन सम्बन्धी व्यवस्था बमोजिम सिआरएन नम्बर लिन समेत आग्रह गरेको छ । सीआस्वामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो सेयर सेवामार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट पनि खरीद आवेदन दिनसक्ने हुँदा अनलाइनमार्फत आवेदन दिन चाहने र एसबीआई बैंकमा डिम्याट खाता भएका लगानीकताहरुलाई समेत मेरो सेयर सेवा लिन आग्रह गरिएको छ ।