global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ११ फागुन । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५१ औं वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बीमा र वित्तीय क्षेको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताए । वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुने भन्दै उनले सम्पत्ति र दायित्वको जोखिम भार बहन गर्ने क्षमता नै बीमा भएको बताए । प्रतिष्पर्धी बन्दै गएको बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरु सामु आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै गर्भनर नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफुलाई विकास गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्घि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्घारा संस्थानल आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए । संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले संस्थानको आफ्नो शेयर पू“जी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिशन नै संस्थानको आर्थिक स्रोतको आधार रहेको बताए ।
संस्थानको आर्थिक वर्ष २०६५÷६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आ.व.२०६६।६७ देखि २०६९÷७० सम्मको लेखा परिक्षण सम्पन्न भइ अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेकोे जानकारी दिंदै प्रशाशक निमित्त थापाले बा“की आ.ब.२०७३÷७४ सम्मको लेखापरिक्षण आगामी चैत्र मसान्त सम्म सम्पन्न गर्ने गरी कार्य योजनाका साथ काम अगाडि बढाइएको बताए ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु