global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ शेयर लगानीकर्तालाई सुनौलो अवसर, खुल्यो दुई अर्ब बढीको आईपीओ

शेयर लगानीकर्तालाई सुनौलो अवसर, खुल्यो दुई अर्ब बढीको आईपीओ

शेयर लगानीकर्तालाई सुनौलो अवसर, खुल्यो दुई अर्ब बढीको आईपीओ

काठमाडौं, ११ फागुन । चिलिमे हाइड्रोपावरका दुई सहायक कम्पनीहरु साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाले पहिलो चरणको आइपिओ निष्काशन गरेका छन् । दुबै आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी संचयकोषका कर्मचारी तथा संचयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावरका कर्मचारीलाई लक्षित गरेर सेयर निष्काशन गरेका हुन् ।

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । तीन अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारण सेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी सेयर निष्काशन गर्नेछ । पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत सेयर निष्काशन हुनेछ । उक्त आईपिओ निष्काशनको लागि कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा चयन गरेको छ । सेयर आवेदनका लागि डिम्याट खाता अनिवार्य गरिएको छ । धितोपत्र बोर्डले सिआस्वा अनिवार्य गरेको छ ।

दुवै कम्पनीको आईपिओमा आवेदन दिन कमर्चारी सञ्चय कोषमा २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका सञ्चयकर्ताले पाउने छन् । सान्जेनको हकमा २०७४ मंसिर २६ गतेसम्म कायम भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् भने रसुवागढीको हकमा २०७४ पुष २० गतेसम्म कायम सञ्चयकर्ताले पाउनेछन् ।

सञ्चयकर्ताका लागि छुट्याएइको सेयर खरिद गर्न योग्य सञ्चयकर्ताहरुको विवरण सी–आस्वा प्रणालीमा उपलब्ध गराइएको सीडीएसले जानकारी दिएको छ । योग्य लगानीकर्ताले अहिलेसम्म सिआस्बा प्रणालीमा आवद्ध ६० वटा बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । सेयर आवेदकको बैंक खाता सिआस्बा प्रणालीमा आवद्ध भएकै बैंक तथा वित्तीय संस्थामा हुनुपर्नेछ ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु