global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अबैध बैंकिङ् कारोबारी पक्राउ

अबैध बैंकिङ् कारोबारी पक्राउ

अबैध बैंकिङ् कारोबारी पक्राउ

काठमाडौं, ११ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध बैंकिङ कारोबारमा संलग्न फेन्सी स्टोरका सञ्चालकलाई पक्राउ गरेको छ । सीआईबी र प्रदेश १ क्षेत्रीय अनुसन्धान टोलीको अपरेशनका क्रममा ति अबैध कारोबारमा संलग्लाई पक्राउ गरिएको हो ।
प्रहरीले बिराटनगर ६ स्थित न्यू आभास फेन्सी स्टारमा पनि छापा मारी फेन्सी सञ्चालक ३८ वर्षका सीताराम लुइँटेल पक्राउ गरेको हो । पत्राmउ परेका लुइटेलको पसलबाट प्रहरीले स्थानीयबाट जम्मा गरेको २ करोड ८६ लाख ५२५ रुपैयाँ पनि बरामद गरेको छ । एकाउण्ट खाता, चेकबुक, तमसुक, नगद फारम, पासबुक पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरुकिा अनुसार बचत गर्दा १२÷१३ प्रतिशत ब्याज दिने र कम्तीमा २४ प्रतिशत ब्याज लिएर ऋण दिने गरेको पाइएको छ । शुरुमा एक÷दुईजनाबाट सुरु गरेको तर, अहिले फाइनान्स तथा सहकारीले जस्तै(जस्तै बचत खाता खोल्ने, नगद जम्मा गर्ने र ऋण दिने गरेको पाइएको छ । वित्तीय कारोबारका लागि राष्ट्र बैंक वा सहकारी विभागबाट अनुमति पनि नलिएको र कुनै पनि बेला जनतालाई ठगी गर्न सक्ने भएकाले छापा मारेको प्रहरीले बताएको छ ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु