global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शेयर बजार झण्डै पौने दुई अर्ब बराबरकोे कारोबार

शेयर बजार झण्डै पौने दुई अर्ब बराबरकोे कारोबार

शेयर बजार झण्डै पौने दुई अर्ब बराबरकोे कारोबार

काठमाडौं, १२ फागुन । यस साता एक अर्ब ७० करोड ७० लाख भन्दा बढि मूल्य बराबर शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको छ । गत साता भन्दा १० दशमलव ७५ प्रतिशतले बढी काराबार भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६ दशमलव ९८ अंकमा पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक यस साता अग्रस्थानमा रहेको छ । ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । सेन्चुरी कमर्सियल बैंकको तीन लाख ६४ हजार कित्ता शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्ज यस साता चार दिनसम्म खुला रहेको थियो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । स्टकका अनुसार यस साता सानिमा इक्विटी फण्डको १३ करोड एकाइ साधारण शेयर सूचीकृत भएको छ ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु