गृहपृष्ठ साम्राज्ञी र धिरजको रोमान्स !
साम्राज्ञी र धिरजको रोमान्स !

काठमाडौं, १२ फागुन । कोरियोग्राफर रेनाशा वान्तवा राईको डेब्यू निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । ‘थाहै भएन…’ बोलको प्रेमभाव बोल्ने गीतमा फिल्मका केही स्थिर दृश्यहरु समावेश छन् । जहाँ चलचित्रका नायक नायिका धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्सलाई पनि देखाइएको छ । स्वप्न सुमनको शब्द, संगीत र स्वर रहेको गीत युवापुस्तामा लक्षित छ । प्रदर्शन मिति कन्फर्म नभएको फिल्मको नेपाल छायांकन सम्पन्न भइसकेको छ भने यूके छायांकनको दोस्रो तालिका बाँकी छ । बसन्त ऋतुको अवसर पारेर चैत र बैशाखमा फिल्मको दोस्रो चरण छायांकन गरिने निर्माण टिमले बताएको छ ।
फिल्ममा यूकेका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्देशक रेनाशाले बताइन् । प्रज्वल शमशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकारलगायत मुख्य भूमिकामा छन् । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रभु समशेर जबरा र प्रज्जवल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
प्रकाशित समय : १८:४४ बजे