global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ईमर्जिङ नेपाल र एनआईसी एसिया क्यापिटलबीच सम्झौता

ईमर्जिङ नेपाल र एनआईसी एसिया क्यापिटलबीच सम्झौता

ईमर्जिङ नेपाल र एनआईसी एसिया क्यापिटलबीच सम्झौता

कठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ नेपाल लिमिटेड बिच पाँच लाख कित्ता (कर्मचारी समेत) साधारण सेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल तथा ईमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ नेपाल लिमिटेड सार्बजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्नेछ ।

एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु