काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माछापुच्छ्रे बैंकका वेबसाइट तथा वेबमा आधारित सेवा पुनः सञ्चालनमा

798
shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः सञ्चालनमा आएका छन्। आवश्यक प्राविधिक कार्य सम्पन्न भएपछि बैंकका सबै सेवा नियमित अवस्थामा फर्किएका हुन्।

बैंकले सूचना जारी गर्दै प्रणाली अद्यावधिक गर्ने कार्य सम्पन्न भएसँगै अवरुद्ध सेवाहरू पुनः सुचारु भएको जानकारी दिएको छ।

पीएचपी प्रणालीमा देखिएको विश्वव्यापी समस्यापछि बैंकका ग्राहकसँग सम्बन्धित केही सेवा अस्थायी रूपमा बन्द गरिएका थिए। उक्त समस्याका कारण प्रभावित भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू प्राविधिक कार्य पूरा भएपछि पुनः सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

सेवाहरू नियमित भएसँगै ग्राहकले बैंकका वेबसाइट तथा वेबमा आधारित सुविधाहरू पुनः प्रयोग गर्न सक्ने भएका छन्।