सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल क्रिकेट च्यालेन्ज’
वि.सं.२०८३ कात्तिक १ आइतवार ०८:१९
shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई खेलमार्फत लोयल्टी पोइन्ट कमाउने अवसर दिएको हो।
बैंकको मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यो गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन्। गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ र बलिङ गर्न सकिने बैंकले जनाएको छ।
गेममा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक सिद्धार्थ लोयल्टी पोइन्ट र बलिङमा लिएको प्रत्येक विकेटबापत ६ पोइन्ट प्राप्त हुनेछ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले यसरी आर्जन गरेको पोइन्ट सिद्धार्थ रिवार्ड्स प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन्। तर, संकलित पोइन्ट रिडिम गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोलेर मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ।
बैंकका अनुसार यो पहलले क्रिकेटप्रेमीको सहभागिता बढाउनुका साथै डिजिटल बैंकिङ अनुभवलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
यस सेवाबारे थप जानकारी लिन वा सहयोग आवश्यक परेमा ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सक्नेछन्।























