काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘द गभर्नर्स टेबल’मा ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव

651
shares

काठमाडौं । ह्विस्कीको स्वाद, सुगन्ध र त्यससँग जोडिएको आतिथ्यलाई केन्द्रमा राखेर ‘द गभर्नर्स टेबल’ नामक विना गरिएको आयोजकले जनाएको छ। ‘द गभर्नर्स टेबल’मार्फत ब्रान्डको विशेषता फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको थियो।

स्वादको सूक्ष्मता, खानासँगको संयोजन र गुणस्तरीय आतिथ्यलाई एउटै परिवेशमा समेट्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।शेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। याक एन्ड यतिको डाइनास्टी हलमा बिहीबार आयोजित निमन्त्रणामा आधारित कार्यक्रममा सहभागी पाहुनाले ह्विस्कीका विभिन्न पक्षबारे जानकारी लिनुका साथै फरक स्वादको अनुभव गर्ने अवसर पाए।

सागर डिस्टिलरी लिमिटेडको ब्रान्ड ‘द गभर्नर’ले आयोजना गरेको कार्यक्रम ह्विस्की चाख्ने सत्रमा मात्र सीमित थिएन। कार्यक्रममा ह्विस्कीको रङ, चरित्र र सुगन्धबारे जानकारी दिँदै हाइल्यान्ड र स्पेसाइड शैलीका माल्टमा पाइने विशिष्ट सुगन्ध पहिचान गराइएको थियो। त्यसपछि पाहुनाहरूलाई ‘द गभर्नर’ ह्विस्की सिधै (निट), बरफसँग र पानी मिसाएर गरी तीन फरक शैलीमा चाख्ने अवसर दिइएको थियो।

ह्विस्कीसँग मिल्ने परिकारहरूको विशेष संयोजनले कार्यक्रमको स्वाद अनुभवलाई थप रोचक बनाएको थियो। औपचारिक स्वाद सत्रपछि ग्रेजिङ टेबल, ककटेल, रात्रिभोज र प्रत्यक्ष गजल प्रस्तुतिसहित कार्यक्रमलाई अनौपचारिक र आत्मीय वातावरणमा अघि बढाइएको थियो।